काठमाण्डौ, १४ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई एभोकाडो सिटी बनाउने अभियान अन्तरगत हाल सम्म १८ हजार एभोकाडोको बिरुवा बितरण गरिसकिएको छ ।

‘चाँगुनारायण नगरपालिकाको पहिचान, एक घर दुई एभोकाडो रोप्ने हाम्रो अभियान’ भन्ने नारा सहित बिगत ३ बर्षको अबधिमा उक्त बिरुवा बितरण गरिएको आयोजकहरुले बताएका छन ।

चाँगुनारायण एकता तथा बिकास समाज र चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले तेस्रो चरणको बृक्षारोपण कार्यक्रम आयोजनाको शुभारम्भ गर्दै उक्त जानकारी गराएको हो । चाँगुनारायण नगरपालिका वडा नँ ४ मँगलटार खोरिया गाउँमा आज एपोकाडोको ३ सय ५० वटा बिरुवा बिरण गर्दै आयोजनाका परिकल्पनाकार डिपी ढकालले चाँगुनारायण नगरपालिकाका १७ हजार घरमा प्रति घर २ वटा बिरुवा लगाउने अन्तरगत टोल टोलमा बिरुवा बितरण गरेको जानकारी गराउनू भयो ।

रोपिएका बिरुवालाई आफ्ना सन्तानलाइ जस्तै हुर्काउन आग्रह गर्दै अभियन्ता दिनेश खनालले तिन बर्षपछी फलदिन थालेपछी प्रतिबोट ३० देखी ४०हजार बार्षिक आम्दानी हुने पनि जानकारी गराउनू भयो ।

एभोकाडो सिटी अभियानका अभियन्ताहरुले सँबोधन गरेको बिरुवा बितरण कार्यक्रममा तिन बर्ष अघि बितरण गरेको बिरुवाले फलदिन शुरु गरिसकेको पनि बताउनू भयो ।

