२५ अर्ब पूँजी सँकलन र लगानी गर्दै नवयुग इन्भेष्टमेन्ट

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , प्रवास , ६ महिना अगाडि

काठमाण्डौ, १७ साउन । देशमा रोजगारीको अभाब र बढ्दो निराशाका बिच गत आर्थिक बर्ष (१ साउन २०८१ देखी ३१ असार २०८२) मा ८ लाख ३९ हजार २ सय ६६ जनाले बैदेशिक रोजगारीको लागी श्रम स्विकृती लिएको बैदेशिक रोजगार बिभागको तथ्याङ्कले देखाएको छ । सरकार सरकार बिचको सँझौता (जिटुजी), ब्यक्तिगत र सँस्थागत साथै पुन श्रम स्विकृती लिनेको समेत आँकडा हो यो । अर्थात श्रम स्विकृती लिएर दैनिक २ हजार ३ सय नागरिकले देश छोडेर बैदेशिक रोजगारीको बाटो हिडेका छन ।


यहि पृष्ठ भुमिलाई दृष्टिगत गरी बिदेशबाट फर्केका नेपालीहरुको सँगठन रिटर्नी फेडरेशन नेपालको प्रबर्धनमा गतबर्ष पौषमा नवयुग इन्भेष्मेन्ट कम्पनी लिमिटेडको घोषणा गरिएको थियो । यो कम्पनीले आगामी ५ बर्षमा २५ अर्ब रुपयाँ पुँजी सँकलन गर्ने र स्वदेशमै रोजगारीको अबसर सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिनु भएको छ ।


पुँजी सँकलन र लगानीका लागी छलफल गर्न आज काठमाण्डौमा आयोजना गरिएको नवयुग उधमशालामा अध्यक्ष पाण्डेले दोस्रो बर्ष २ अर्ब, तेस्रो बर्ष ५ अर्ब र ५ बर्ष भित्रमा २५ अर्ब पुँजी सँकलग गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी गराउनु भयो ।


देशमै रोजगारी सृजना गरी बिदेशमा आर्जन गरेको ज्ञान, सिप, अनुभब र पुँजीलाई स्वदेशमा ब्यबस्थित गर्न तथा लगानी गर्न कृषी पशुपालन, कृषी बन, पर्यटन, होटल, रेष्टुँरा, उर्जा, जलबिधुत, भौतिक पुर्बाधार, नेपाली उत्पादनको निर्यात, सूचना प्रबिधी, लगायतको क्षेत्रमा लगानी गर्ने र लगानी कर्तालाई १० देखी २५ प्रतिशत सम्म नगद मुनाफा बितरण गर्ने लक्ष्य रहेको पनि अध्यक्ष पाण्डेले जानकारी गराउनु भयो ।


म बनाउँछु मेरो देश भन्ने भाबना नागरिकमा जागृत हुनुपर्ने भन्दै नवयुग उधमशालामा प्रमुख अतिथी एबँ लुम्बिनी प्रदेशका पुर्ब मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिब शँकर पोखरेलले ब्यबसायमा जोखिम मोल्ने क्षमता भएमात्र सफल भइने बताउनू भयो । अधिकार खोज्ने तर कर्तब्य निर्बाह नगर्ने हाम्रो बानीले राज्य कमजोर बन्दै गएको भन्दै पोखरेलले देशमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र शक्तिशाली भएको बताउनू भयो । बिदेशबाट नेपाल घुम्न आउने पर्यटक भन्दा नेपालबाट बिदेश घुम्नजाने नेपालीले बढी खर्च गर्छन भन्दै महासचिब पोखरेलले भन्नु भयो हाम्रो देश मात्रै गरिब भएको हो हाम्रा देशका नागरिक गरिब छैनन । हामिले सहि कुरा बुझ्न र बुझाउन सकेका छैनौ, प्रकृतीलाई उपेक्षा गरेका छौ भन्दै पोखरेलले देशमा श्रमिकको अभाबमा बिदेशबाट आउने भन्दा धेरै रेमिट्यान्स भारत गइरहेको पनि जानकारी गराउनु भयो ।


उधमशालामा उधोगमन्त्री दामोदर भण्डारीले बिदेशबाट प्राप्त ज्ञान, पुँजी, सिप, अनुभब र प्रबिधीलाई नेपालको बिकासमा लगाउनू पर्छ भन्दै रिटर्नीको ज्ञान सिपलाई उपयोग गर्न सके देशको अर्थतन्त्रले गतिलिने बताउनू भयो । कानूनी जटिलता र मन्त्रालयहरु ीबच समन्वय हुन नसक्दा देशमा उधोग ब्यापार बढ्न नसकेकोमा पनि मन्त्री भण्डारीले चिन्ता ब्यक्त गर्नु भयो ।
रिटर्नीलाई राज्यले हेरेको छैन भन्दै उधमशालामा नेकपा एमालेका केन्द्रिय सदस्य डा. कृष्ण केसीले नेपाली उत्पादन र उत्पादित बस्तु गुणस्तरिय हुन नसकेकोले देशले ब्यापार घाटा बेहोरिरहेको बताउनू भयो ।
नबयुग इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक शालिकराम बसेलले स्वागत गर्नु भएको उधमशालामा रिटर्नी फेडेरेशनका अध्यक्ष बिनोद प्रसाद भट्टराईले रिटर्नी फेडेरेशनको अबधारणा, स्थापना, उदेश्य र अबस्थाबारे जानकारी गराउँदै छरिएको पुँजीलाई एकिकृत गरी सामुहिक लगानीको अबधारणा बमोजिम नवयुग इन्भेष्टमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउनु भयो ।
नवयुग उधमशालालाई सँबिधान सभा सदस्य एबँ उधमी शान्ता चौधरी, बागमती प्रदेश सभा सदस्य दिनेश चन्द्र देबकोटा र भारती पाठक, धुलिखेल नगरपालिकाका पुर्ब प्रमुख अशोक बैजु तथा गैर आवासिय नेपाली सँघका अध्यक्ष बद्रि केसी लगायतले सँबोधन गर्नु भएको थियो ।