‘अब सहकारी सँस्थामा समस्या छैन’ – सापकोटा

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , प्रदेश , ५ महिना अगाडि

काठमाण्डौ, २१ भदौ । सहकारी प्राधिकरणले नियमित अनुगमन गरिरहेकाले अहिले सहकारी सँस्थाहरुमा समस्या नरहेको बागमती प्रदेश बचत तथा ऋण सहकारी सँघका अध्यक्ष उद्धब सापकोटाले बताउनू भएको छ । नव सृजनशिल बचत तथा ऋण सहकारी सँस्थाको १८ औ बार्षिक साधारण सभालाई प्रमुख अतिथीको आसनबाट सँबोधन गर्दै प्रमुख अतिथी सापकोटाले सिस्टममा चलेका सहकारीहरुमा कुनै समस्या नरहेको पनि जानकारी गराउनू भयो ।

बिश्वमा ३० लाख सहकारी भएको र ति सहकारीहरुमा १ अर्ब मानिस अबद्ध रहेको भन्दै सापकोटाले बिश्वका उत्कृष्ट सहकारीहरुका मोडललाई नेपालका सहकारीहरुले अनुशरण गर्नुपर्ने पनि बताउनू भयो ।


कार्यक्रमका सभापति तथा सँस्थाका अध्यक्ष बिश्वनाथ अर्यालले युवालाई स्वदेशमै अध्यन र उधम गर्न आग्रह गर्दै बार्षिक प्रतिबेदन पेश गरेको साधारणसभामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

त्यसैगरी सँस्थालाई बिशेष योगदान गर्ने पुर्ब पदाधिकारी सालिकराम पौडेललाई बिशेष सम्मान, उत्कृष्ट कर्मचारी सम्मान तथा बिभिन्न शैक्षिक तह पार गरेका शेयर सदस्यका परिवारलाई शैक्षिक सम्मान प्रदान गरिएको थियो ।


नब सृजनशिल बचत तथा ऋण सहकारी सँस्थाका उपाध्यक्ष राम प्रसाद लुइटेलले स्वागत मन्तब्य राख्नु भएको साधारण सभामा सन्चालक समितीका तर्फबाट कोषाध्यक्ष दामोदर सापकोटाले आर्थिक प्रतिबेदन तथा लेखा सुपरिक्षण समितीका सँयोजक बिश्वराज लामिछानेले लेखा परिक्षण प्रतिबेदन पेश गर्नु भएको थियो ।


उक्त अबसरमा नब सृजनसिल साकोस द्धवारा प्रबर्धन गरिएको उधमशिल महिलाहरुद्धवारा सन्चालित खुश्बु अचारको स्टल समेत राखिएको थियो ।