काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिप्रति जिम्मेवारी लिँदै नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।सोमबार जेन-जीको प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भएको थियो । ४ सयभन्दा बढी घाइते भएका छन् ।

