काठमाडौँ । अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज राति ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छिन्।
राष्ट्रपति भवन शीतल निवासमा आज राति ९ बजे शपथग्रहण कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। कार्कीको नेतृत्वमा आजै सानो आकारको नयाँ सरकार गठन हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिकाबीच संसद् विघटनसहितको कदम चाल्दै अन्तरिम सरकार गठन गर्न लागेका हुन्।

