काठमाण्डौ, २९ भाद्र। पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा,कांग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा भदौ २४ गते आगजनी, तोडफोड लगायतका आतँककारी गतिबिधीमा सँलग्न भएको प्रमाण बाहिरिए पछी रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाले पार्टीको जिम्मेवारी बाट राजिनामा दिएका छन ।
आगजनीका घटनामा संलग्न भएको फोटो तथा भिडियो बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका हुन ।
पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै रास्वपा नगर सभापति भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले सम्हालेका थिए । भट्टराई काठमाडौँ विश्वविद्यालय कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालयले भट्टराई स्थायी शिक्षकका रूपमा कार्यरत रहेको स्वीकार गरेको छ ।
पनौती २ कुशादेवीका सुदर्शन तिमल्सिना जो इन्चार्ज समेत हुन्,उनले आन्दोलनका क्रममा आफूहरूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।
उनले आफूहरू त्यसरी देखिने गरी आन्दोलनमा उपस्थित भएका कारण सबै दोष लगाउन खोजिएको भन्दै सभापतिले नै राजीनामा दिएपछि आफू पनि उक्त पार्टीबाट अलग भएको बताएका छन् । उनले अब आफ्नो सात पुस्ताले राजनीति नगर्ने भन्दै सोही घटनापछि आफूलाई खोजी गर्नेहरूबाट ज्यान असुरक्षा भएको पनि बताएका छन् ।
श्रोत – नेपाल प्रेस

