ब्रम्हदिपमा ५० जनाले गरे रक्तदान

Dipak Pudasaini Education , Latest Update , News/समाचार , प्रदेश , स्वास्थ्य , ४ महिना अगाडि

काठमाण्डौ, ४ असोज । कागेश्वरी मनोहरा ४ मा रहेको ब्रम्हदिप युवा क्लबले आज आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो ।

जेन जेड आन्दोलनका क्रममा घाइते भएकालाई उपचारमा रगत अभाव नहोस भनेर नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाले रक्तदान कार्यक्रमको सँयोजन गरेको थियो ।

५० जना महादानीले रक्तदान गरेको उक्त कार्यक्रम गत भाद्र २३ गते भएको जेन्जेड आन्दोलमा ज्यान गुमाउने महान शहिदहरुको १३ पुण्ड्य तिथिको अबसरमा आयोजना गरिएको नेरेसो कागेश्वरी मनोहरा उपशाखाका उप सचिब अमृत थापाले जानकारी दिनुभयो ।