-दिपक पुडासैनी
काठमाण्डौ १३ मँसिर । पत्रकारिता क्षेत्रमा दशकौ बर्ष बिताइसकेका अग्रज पत्रकारहरुले पँचायती ब्यबस्था देखी अहिले सम्मको अबस्थामा पत्रकारिताको क्षेत्रमा भएका अनेकौ उतार चढाबको अनुभब आदान प्रदान गरेका छन । पत्रकारितामा अग्रज पुस्ताका पत्रकारहरुले त्यो समयमा पत्रकारिता गर्दा अनुभुति गरेका र भोगेका अनैकौ समस्याहरुका बिषयमा आज सँम्पादक समाज नेपालले बिशेष भेटघाट तथा बहस कार्यक्रम आयोजना गरेको थियो ।
गोबिन्द बियोगी पत्रकारिता अध्यन केन्द्र शिबपुरी गाउँ पालिका ७ सुइरेचौर नुवाकोटमा भएको उक्त कार्यक्रममा करिब ८० जना पत्रकारहरुको उपस्थिती थियो ।

पत्रकारितामा बहसको बिशेष बन्न नसकेको अग्रज पत्रकारहरुले पत्रकारिता गर्दाको त्यो सँकटपुर्ण अबस्था र हालको अबस्था बिचको भिन्नतामा अनुभब साझा गर्ने उदेश्य सहित सँम्पादक समाजले उहिलेका कुरामा राजनैतिक, सामाजिक तथा आर्थिक र सुचना प्रबिधीको बिषयमा अलग अलग बहस गराएको थियो ।

उबेलाको राजनैतिक अनुभब आदान प्रदान सेसनमा अग्रज पत्रकारहरु पुरुशोत्तम दहाल, तिर्थ कोइराला, देब प्रकाश त्रिपाठी, टँक पन्त, कुलचन्द्र वाग्ले, शान्तिकृष्ण अधिकारी, सुदर्शन आचार्य, युबराज गौतम्, पुरु रिसाल, हरिबिनोद अधिकारी लगायतले आफ्ना धारण राख्नु भएको थियो भने सेसनलाई भिम थापा र अस्मिता श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी पत्रकारिताले त्यो बेला सामाजिक तथा आर्थिक क्षेत्रमा पारेको असरका बिषयमा चन्द्रमणी गौतम्, बिजय पौडेल, जुनारबाबु बस्नेत, बिकास सत्याल, राजु सिलवाल, यम तिवारी पुस्कर भुर्तेल, बेनि बहादुर कार्की लगायतले आ आफ्ना अनुभब बताउनू भएको थियो । यो सेसनलाई दिनेश रेग्मी तथा कल्पना भट्राई सहजिकरण गर्नु भएको थियो ।
तत्कालिन अबस्थामा सन्चार क्षेत्रमा सुचना प्रबिधिको अबस्था कस्तो थियो ? सुचाना प्राप्त गर्न र सँम्प्रेष गर्न कति कठिनाई र बाधा ब्यबधान भोग्नु पर्ने अबस्था थियो भन्नेबारेमा सुरेश आचार्य, तारा बराल, नारायण उपाध्याय, बिश्व बलामी, पुस्कर राज प्रधान, राजु सिलवाल, गोकर्ण अर्याल, खगेन्द्र खत्री, सुसिल कोइराला, रामकृष्ण पौडेल, तुला अधिकारी, बिन्दु केसी लगायतले आ आफ्ना अनुभब बाँड्नु भएको थियो ।
सँम्पादक समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको कार्यक्रम सँयोजन समाजका महासचिब श्याम डोटेलले गर्नु भएको थियो ।

‘…उ बेलाका हाम्रा कुरा’ कार्यक्रममा सँम्पादक समाजका सँरक्षक किरण बैध, अग्रज पत्रकारहरु जिबराम भण्डारी, इश्वरी वाग्ले, मदन कुमार श्रेष्ट, नेपाल भुषण न्यौपाने, नबराज चालिसे, माधब पौडेल लगायतका अग्रज तथा बरिष्ठ पत्रकारहरुको उपस्थिती रहेको थियो ।

