दिलिप पराजुली
दोहा, कतार
रुद्र शर्मा आचार्यलाई कोशी प्रदेश समन्वय परिषद, कतारको अध्यक्ष चयन गर्दै हालै परिषदको चौथो अधिवेशन सम्पन्न भएको छ । सँस्थापक अध्यक्ष चुडामणी कार्कीको प्रमुख आतिथ्यताममा सँम्पन्न अधिबेशनले बरिष्ठ उपाध्यक्षमाभिम बराइली, प्रथम उपाध्यक्ष गोपीकृष्ण अधिकारी, द्वितीय उपाध्यक्ष पदम प्रसाद सिम्खडा, तृतीय उपाध्यक्ष गोबिन्द कटुवाल, महासचिव महेन्द्र उप्रेती, सचिव विष्णु निवौला, केशव बस्नेत,र तोरण बस्नेतलाइै चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सीपी गुरुङ, पेशल तामाङ, श्याम बाबु आचार्य, तेज न्यौपाने, खेमराज खड्का, संजीप कटुवाल, भानु शर्मा, डिल्लिराम चौहान, शिवकुमार खत्री, सल बहादुर श्रेष्ठ, अनिता राई, कुबेर अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
व्यानर अनावरण द्वीप प्रज्वलन गरेर शुरू गरिएको कार्यक्रममा स्थापना दिवसको अबसरमा केक काटेर शुरु भएको थियो। प।िषदका अध्यक्ष पदम कुमार घिमिरेको सभापत्विमा सँम्पन्न अधिबेशनमा कलाकारहरूले उत्कृष्ट सांगीतिक र सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए। जसमा कलाकारहरू खड्ग बस्नेत, सनिना दाहाल बस्नेत, ईश्वरी बस्नेत, सौरभ आचार्य, सल श्रेष्ठ, लक्ष्मी कार्की, अप्सरा राई, वर्षा लोप्छन, अजय कुमार दनुवार, नारायण देबकोटा र रोशन घिमिरेका प्रस्तुतीहरु बेजोड थिए ।

नौमती बाजाको तालमा झुमेका सहभागीहरुलाई गजलकार पूर्ण कान्छा गुरुङको गजलले थप मनोरन्जन प्रदान गरेको थियो ।

