काठमाण्डौ, २ माघ । हाल सम्म मालपोत र नापी कार्यालयबाट मात्रै हुँदै आएको जग्गा प्रशासन सम्बन्धि कार्यहरु कागेश्वरी मनोहरा नगरपालिकाले आज देखी नगरपालिका बाटै आरम्भ गरेको छ ।

भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननिय मन्त्रि प्रा.डा. कुमार इङनामले आज नगरपालिका भवनमा उक्तकार्य सम्बन्धि कार्यलय उद्घाटन गरेसँगै स्थानिय तहबाट भुमि ब्यबस्था सम्बन्धि कार्यगर्ने देशभरका ७ सय ५३ मध्धे कागेश्वरी मनोहरा पहिले पालिका बनेको छ ।

जग्गा प्रशासन सम्बन्धि कार्य नगरपालिकाबाट आरम्भ गरे सँगै अब नगरवासीले चाबपहल र साँखु मालपोत कार्यालयबाट लिदै आएको जग्गा नामसारी, दर्ता,अभिलेख ब्यबस्थापन जग्गा रोक्का, लिखतपास लगायतको सेवा तत्कालै नगरपालिका बाट पाउने छन । त्यसैगरी नापी कार्यालयबाट लिइने सेवापनि केहि समय भित्रै नगरपालिकाबाट शुरुहुने र मालपोत सम्बन्धि बाँकी काम पनि बिस्तारै नगर पालिकामा आउने छ ।

‘देश बिगार्ने जग्गा दलाल र बिचौलिया हुन’ – मन्त्री इङनाम
जग्गा प्रशासन सम्बन्धि मालपोत कार्यालयबाट हुनेकार्य कागेश्वरी मनोहरा नगरपालिकाबाट हुने कार्यको शुभारम्भ गर्दै भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्री इङनामले देश बिगार्ने जग्गा दलाल र बिचौलिया हुन भन्दै यिनलाई तत्काल जेल कोच्नुपर्ने बताउनू भयो । भ्रष्टाचारी र दलाल भनेका देश द्रोही हुन भन्दै उहाँले यिनले र यिना सन्तानले नर्कमा समेत बास नपाउने बताउनू भयो ।

नेपालको सँबिधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको बताउँदै उहाँले यस अघिका सरकारले नागरिकलाई अधिकार दिन नचाहेकोले सँबिधान पूर्ण कार्यान्वयनमा नगएको बताउनू भयो । देशका हरेक नागरिक सँग धेरथोर जग्गा छ तर सरकरले त्यसको ब्यबस्थापनमा ध्यान नदिदा र सहजिकरण नगरिदिदा नागरिकको भएको जग्गा तथा उधोग ब्यबसाय हुन नसकेको गुनासो गर्नु भयो ।

भुमाफियाले प्रशासन र प्रशासकलाई भ्रष्ट बनाउँदै निमुखा नागरिकको जग्गा हडपेर भुमिबिहिन बनाएको पनि उहाँले बताउनू भयो ।
नगरपालिका आफै सरकार हो भन्दै मन्त्री इङनामले मालपोत, नापी लगायतका जनसरोकारका काम स्थानिय सरकारले हेर्ने भन्ने त उल्लेख भयो तर कार्यान्वयन भएन भन्दै कागेश्वरी मनोहराबाट आरम्भ भएको यो अभियान अब देशैभर पुर्याउने सरकारको लक्ष रहेको पनि प्रष्ट्याउनू भयो ।

यो सरकारको अबधि कम भएकोले तत्काल १० स्थानिय तहबाट सेवा आरम्भ गर्ने प्रक्रिया अघि बढेको पनि मन्त्री इङनामले जानकारी गराउनू भयो ।
‘अनियमितता गरेको भेटेमा तत्काल कार्बाही गर्छौ’ – नगर प्रमुख कार्की
कार्यक्रमका सभापति एबँ नगर प्रमुख कार्कीले नागरिकलाई सरकार भएको अनुभुती दिलाउन र नागरिकको सहजताको लागी जग्गा प्रशासन र मालपोत सम्बन्धिकार्य आरम्भ गर्न नगरपालिका अग्रसर भएको बताउनू भयो । अब हाम्रो नगरको नागरिकलाई चाबहिल वा साँखु जानु पर्ने झण्झट हटेको छ ।भन्दै नगर प्रमुखले सरल, सहज र पारदर्शी ढँगले स्थानिय तहले सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनू भयो ।

नगरपालिकामा भु सेवाको कुनै बिचौलिया नरहने बताउँदै नगरवासीलाई आबश्यक लिखत लगायतको सहायताको लागी नगर स्वयँसेबक तथा कर्मचारीले प्रतिलिखत १ हजार ५ सय सेवा शुल्क लिइ सहयोग गर्ने जानकारी गराउनु भयो ।

पहिलोपल्ट कागेश्वरी मनोहरा नगरपालिकाले यस प्रकारको सेवा आरम्भ गरेपछी नागरिकलाई दिइने सेवा सुबिधामा असर परेमा यसले बाँकी ७ सय ५२ पालिकालाई समेत असर गर्ने भन्दै कुनै कर्मचारीले गलत वा अनियमितता गरेको भेटेमा तत्काल कार्वाही गर्ने सार्बजनिक प्रतिबद्धता समेत जनाउनू भयो ।

कार्यक्रमलाई भुमि ब्यबबस्था तथा अभिलेख महाशाखा प्रमुख शिब प्रसाद रेग्मी, नेपाली काँग्रेस क्षेत्र नँ २ का सभापती कबिर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कागेश्वरी मनोहरा नगर कमिटीका सभापती राज कुमार न्यौपाने, नेपाल कम्यूनिष्ट पार्टीका नेता महेश्वर फुँयाल, नेकपा एमाले बागमती प्रदेश सदस्य मणिराम फँुयाल, राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौका सभापती नबराज सिँखडा, सुशासन बिज्ञ दिपक वली, नगर उप प्रमुख शान्ता थापा, तथा काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नँ २ का निर्बचन अधिकृत शान्ति न्यौपाने लगायतले सँबोधन गर्नु भएको थियो । कार्यक्रममा स्थानिय नगरवासी, राजनैतिक दलका प्रतिनिधी बिभिन्न वडाका अध्यक्ष, नगरसदस्यहरु चबहिल तथा साँखु मालपोत कार्यालयका प्रमुख समेतको उपस्थिती थियो ।

