काठमाडौं क्षेत्र नं २ मा २८ जनाले उम्मेद्धवारी दर्ता गराए, राजनैतिक दलबाट १६ जना, स्वतन्त्र १२

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , स्थानीय निर्वाचन , १ हप्ता अगाडि

काठमाण्डौ, ६ माघ । आगामि फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्यको निर्बाचनका लागी आज देशैभर मनोनयन दर्ता गर्नेकार्य सँम्पन्न भएको छ । यसैबिच सधै चर्चाको शिखरमा रहने काठमाण्डौ निर्बाचन क्षेत्र नँ २ बाट प्रतिनिधी सभा सदस्यका आकाँक्षी २८ जनाले मनोनयन पत्र दर्ता गराएका छन । जसमध्धे राजनैतिक दलको प्रतिनिधित्व गर्दै १६ जना र स्वतन्त्र १२ जनाले उम्मेद्धवारी दर्ता गराएका हुन । उम्मेद्धवारी दर्ता गराउने दलिय प्रतिनिधीहरुमा नेकपा एमलेबाट मणिराम फुँयाल, नेपाली काँग्रेसबाट कबिर शर्मा, राष्टिय स्वतन्त्र पार्टीबाट सुनिल केसी, नेपाली कम्यूनिष्ट पार्टीबाट नितेष पौडेल, राष्टिय प्रजातन्त्र पार्टीबाट कुन्तिदेबी पोखरेल(उपाध्याय), उज्यालो नेपाल पार्टीबाट पवन पोखरेल, राष्टिय परिबर्तन पार्टीबाट अनुप बोहोरा, जय मातृभुमी पार्टीबाट आनन्द सिँखडा, नेकपा सँयुक्तबाट उपेन्द्र कार्की, त्रिगुल नेपालबाट कृष्ण बहादुर खत्री, आम जनता पार्टीबाट तिलक बहादुर मगर, राष्टिय मुक्ति पार्टी नेपालबाट नर्बदा कुमारी भट्राई, नेपाल कम्यूनिष्ट पार्टी (माओबादी)बाट प्रकाश बुढाथोकी, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट बालचन्द्र श्रेष्ट, श्रम सँस्कृती पार्टीबाट मुकुन्द कार्की तथा नेपाल मजदुर किसान पार्टीबाट शर्मिला मालीले उम्मेद्धवारी दर्ता गराएका छन ।


यसैगरी स्वतन्त्र उम्मेद्धवारी दर्ता गराउनेहरुमा अर्जुन ढुँगाना, इरा श्रेष्ट, टप बहादुर थापा, तिर्थराज पँण्डित, बिश्वास बस्नेत, मन्जु लामा, राज कुमार श्रेष्ट, रुपक वस्ताकोटी, रुपक सिँखडा, बिरेन्द्र कुमार शाह, गिता तिवारी तथा त्रिलोक बहादुर चन्द छन ।
निर्बाचन अधिकृत शान्ति न्यौपानेका अनुसार भोलि ७ गते बिहान १० बजे देखी दिउसो ३ बजे सम्म उम्मेद्धारको बिरोधमा उजुरी दिन सकिने छ भने ८ गे साँझ ५ देखी ७ बजे भित्र उम्मेद्धवारको नामावली प्रकाशन गरिने छ । त्यसैगरी माघ ९ गते बिहान १० बजे देखी दिउसो १ बजे सम्म नाम फिर्ताको लागी समय निर्धाण गरिएको छ भने सोहिदिन दिउसो १ बजे देखी ३ बजे भित्र अन्तिम नामावली प्रकाशन गरी साँझ ४ देखी ७ बजे सम्ममा उम्मेद्धवारलाई चुनाब चिन्ह प्रदान गरिने छ । यि सँम्पुर्ण कार्यहरु क्षेत्रिय निर्बाचन कार्यालय थलिबाट हुनेछन ।