पाँचहजार गणक देशभर पुग्दै, वैशाख २ देखि आर्थिक गणना आरम्भ हुने

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , १० मिनेट अगाडि

काठमाडौँ, २५ चैत्र । अर्थतन्त्र मापनको लागी आर्थिक गणना नारा सहित राष्ट्रिय तथ्याङ्क कार्यालयले २ बैशाख २०८३ देखी राष्ट्रिय आर्थिक गणना २०८२ को तयारी पुरा गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले आज आयोजित अन्तर्क्रियामा दिनु भएको जानकारी अनुसार राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका लागि करिब पाँच हजार कर्मचारी परिचालन गरिनेको छ ।
लामिछानेका अनुसार ‘राष्ट्रिय आर्थिक गणना गर्न पाँच हजार जना कर्मचारीहरू परिचालन हुने भएका छन् । ७७ जिल्लाको ८४ कार्यालय मार्फत भोलिदेखी उनिहरुका तालिम आरम्भ हुँदै छ ।
लामिछानेले २१ सेक्टरमा आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले देशको अर्थतन्त्र सञ्चालनका लागि आवश्यक नीति तथा योजना निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने पनि जानकारी गराउनु भयो । उनले भने, ‘अर्थतन्त्रलाई कसरी चलायमान गर्ने विषयमा सबै सेक्टरको तथ्यांक आइसकेपछि राज्यले बनाउने नीति, योजना बनाउन मद्दत गर्ने छ । गणनाले बजार कस्तो छ, बजारमा के आवश्यकता छ, के के आयात निर्यात निर्यात बढी भइरहेको छ भन्ने नीति योजना बढाउनको लागि ठूलो एउटा दिन्छ ।
लामिछानेले हरेक वर्ष स्याम्पल विधिबाट सर्वेक्षण गरी कुल गाहस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गर्दै आएको उल्लेख गर्दै यसपटकको आर्थिक गणनाले त्यसलाई थप सुदृढ आधार दिने पनि जानकारी दिनु भयो ।
आर्थिक गणनालाई नेपाल उधोग बाणिज्य महासँघ, बैकर्स एसोसियसन, नेपाल उधोग परिसँघ लगायतले साथ दिने बचन बद्दता पाएको पनि लामिछानेले बताउनु भयो ।