-दिपक पुडासैनी
फुर्ति लगाउ एन.आर.एन हुँ भन्दै
आसन जमाउ गलाका खादा गन्दै
भोट हाल नेता बनाउ
भिषा सकिदा पुर्पुरो समाउ ।
गाडीमा चारवटा कोट सजाउ
कार्यक्रम पिच्छे अलग अलग लगाउ
सन्चालकलाई कानेखुसी गर
अन्त पनि भ्याउनु पर्छ पहिले भाषण गर ।
श्रमिकका हितमा खोक्नु भाषण खोक
समयमै तलब मागे श्रमिकलाई नै ठोक
रगत पसिना मारेर श्रमिकको
एनआरएन र दलका नेताहरु पोस ।
आफ्ना नेताले के के खोक्छन, अक्षरस घोक
त्यहि आधारमा फेसबुकमा स्ट्याटस ठोक
बिपक्षीले जति राम्रो गरेपनी सराप्न नछोड
जस्तै अपराधी भएपनि आफ्ना नेतालाई टाउकामै बोक ।
खाडीका एनआरएन हुँ भन्नेको चुरीफुरी नै चर्को
तुजुक त्यहिदिन सकिन्छ जब लाग्छ पासपोर्टमा रातो धर्को
न छ तिनलाइ पिआर न छ दोहोरो नागरिकता
सिध्याएको समय, श्रम र सम्पति सँम्झेर बल्ल पो लाग्छ बिरक्त ।
ग्रिनकार्ड र पिआर वाला एनआरएनको चाकडिमा सबै सकेर
नेतालाई उपहार, चन्दा र तिनकै चाकडिमा बकपत्र बकेर
अन्तिममा केहि हुन्न पछुताउँदै भित्तामा टाउको ठोकेर
बताइ देउ त कोही छोडेपछी खाडी
एनआरएनमा के हुन्छ हैसियत सोधेर ?