सीमा सुवेदीको भिडियो प्रति करिश्मा मानन्धरले गरिन् यस्तो कडा टिप्पणी

arjun Entertainment/मनोरञ्जन , ९ वर्ष अगाडि

काठमाडौं, १२ असार । नेपाली मूलकी भारतीय चेली सिमा सुवेदीले नेपालीहरुलाई अपमानित हुने गरी गरेको फेसबुक लाइभको भिडियो प्रति  अभिनेत्री एव नयाँ शक्ति नेपाल पार्टीकी नेत्री करिस्मा मानन्धरले त्यसबारेमा कडा टिप्पणी गरेकी छिन् । आज  बिहान नेत्री एव नायिका मानन्धरले सामाजिक संजाल फेसबुकमा प्रतिक्रिया जनाउँदै सुवेदीको फेसबुक पोस्टपछि नेपालीमा कति एकता छ भन्ने पुष्टी भएको बताएकी छिन् ।

https://www.facebook.com/karishma.manandhar.3/posts/1401425469934293

सुवेदीलाई जवाफ फर्काउन नेपालीहरुले भिडियो पोस्ट गर्ने अहिले लहड नै चलिरहेको बेला नायिका मानन्धरले हरेक नेपालीले देशलाई कति माया गर्छन र राष्ट्रको लागि ज्यान नै दिन्छन् भन्ने कुरा पुष्टी भएको आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकीछिन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सिमा सुवेदीले फेसबुफ पोस्टमा हामी नेपाली प्रति जुन शब्द प्रयोग गरिन् त्यसपछि हामी नेपालीमा कति एकता छ र देशको लागि हरेक नेपालीको कति मायाँ छ साथै हरेक नेपाली आफ्नो राष्ट्रको निमित्त आफ्नो ज्यानै दिन सक्छन भन्ने कुरा छर्लङ्ग भएको छ ।’ उनले नाकाबन्दी र बिनासकारी गोरखा भूकम्प जाँदा पनि नेपालको एकता र एकअर्कालाई गरेको सहयोगले त्यो कुरा पुष्टि भइसकेको भन्दै यो एकता राजनीतिज्ञहरुका लागि ठूलो सन्देश हुन सक्ने बताएकी छिन् ।