निशा अधिकारीले अर्कैसँग बिहे गरेपछि पुर्व प्रेमीले मागे गाडी फिर्ता

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

काठमाडौँ । नायिका निशा अधिकारीले  विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग भन्दै हिड्न थालेका छन्  ।

मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर, निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिइन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्रचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुशार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी ।बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको । साभार बिगुल निउज डट कम