चर्चित लोकगायक बद्री पंगेनी पक्राउ

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

काठमाण्डौ,४ साउन । लोकगायक बद्री पंगेनीसहित ११ जनालाई प्रहरीले जुवाखाल बाट पक्राउ गरेको छ । महाराजगन्ज प्रहरी वृत्तले बाँसबारीले छापा मार्दा गायक पंगेनीसहित ११ जना पक्राउ परेका हुन् ।

उनीहरु जमघट भएको भाडाको कोठाबाट २ लाख ४ हजार नगद र केही गड्डी तास पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु जुवातास खोल्न बसेको हुनसक्ने प्रहरीको आशंका छ ।गायक पंगेनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।