मिडियाको नजरमा नपरेका संगीतकर्मी प्रकाश जसको संगीतमा दिलिप रायमाझी नाचे

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

काठमाडौँ ६  साउन ।  कुनै पनि गीतको गायक कलाकार सफल हुन संगीतकारको महत्वपूर्ण भूमिका हुन्छ । सुर तालको संयोजन मिलाएर गीतमा मिठास भर्न र सुमधुर बनाउन संगीतकारको अहम भुमिका रहन्छ । तर तिनै सुंगीतकार जहिले पनि ओझेलमा पर्ने गरेका छन् । नेपाली गीत संगीतको बजार अहिले मिडिया सापेक्ष भएको छ त्यसैले पनि मिडियावाजी गर्न नसक्नेहरु प्रतिभा भएर पनि बजारमा आउन नसकेका दृष्टान्तहरु धेरै छन् । त्यस्तै संगीतकार मध्यका एक हुन् कुशल संगीतकर्मी प्रकाश लेप्चा ।

भारतको पश्चिम बंगाल कालिंपोगमा जन्मिएका उनी लामो समयदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील छन् । पश्चिम शास्त्रीय संगीतमा पनि बिशेष दख्खल राख्ने उनले बिभिन्न ब्याण्डमा पनि लामो समय गिटारिष्टका रुपमा काम गरेका छन् । आधा दर्जन एल्बममा एकल संगीत भरेका प्रकाशको संगीतमा थुप्रै फुटकर गीतहरु पनि बजारमा छन् । उनले संगीत भरेका गीतहरुमा चर्चित गाइका रिमा गुरुङ्ग होडाले गाएको एल्बम भव सागर मा समेटिएको मैले फूल भनेर, राजेश पायल राईले गाएको चमेलीको बोलको गीत चर्चित छन् ।

दुबै गीतमा अम्बिका गुरुङ्गका शब्द सिर्जना रहेको छ । प्रकाश लेप्चाले संगीत भरेको यो गितको म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका बहुचर्चिक कलाकारहरु दिलिप रायमाझि, राजवल्भ कोइराला, सुनिक्षा मैनालीले लगाएतले अभिनय गरेका छन् । राजधानी काठाडौँ रहेर नेपाली संगीत क्षेत्रमा सक्रिय संगीतकार प्रकाशले बिभिन्न भजनहरुका पनि संगीत भरेका छन् ।

हेरौँ प्रकाश लेप्चाले संगीत भरेका गीतको भिडियो