काठमाण्डौ,१३ कात्तिक । पहिलो पटक कोरियन प्रबिधिद्धारा अक्सिजन फेसियल नेपाल भित्र्याएको ओ टु फेसियल वर्कस तथा बडी सेपिङले आफ्नो शाखा थप विस्तार गरेको छ । टंगाल भाटभटेनीबाट मात्रै सेवा प्रदान गरिदै आएकोमा शनिवारदेखि चाबहिल चुच्चेपाटीस्थित केएल टावरको चौथो तल्लामा पनि शाखा विस्तार गरको होे ।
उक्त शाखाको गत शनिवार पुर्व मिस नेपाल माल्भिका सुब्बाले एक कार्यक्रमका बीच उद्घाटन गरेकी हुन। यहाँ महिला पुरुष दुबैका लागी कोरियन प्रबिधिका मेसिशनद्धारा सौन्दर्य तथा तौल घटाउने र शारिरीक आकारलाइ चुस्त दुरुस्त राखिरहने सेवा प्रदान गरिने संचालक बताउँछन ।प्रत्यक्ष्यरुपमा छालामा अक्सिजन पठाएर गरिने अक्सिजन फेसियल यहांको बिशेषता हो
पछिल्लो समय, मानिसहरुमा अस्वाभाविक रुपमा शारिरीक वजन बढ्दै जाने समस्यालाइ मध्यनजर राख्दै यसको समाधानका लागी ओ टु फेसियल वक्र्स तथा बडी सेपिङले तौल घटाउने प्रबिधिमा जोड दिइएको ओ टु की सिंधु अर्यालले बताईन । साथै अत्याधुनिक प्रबिधिका मेशिनद्धारा औषधीको प्रयोग बिना नै तौल घटाउने सेवा समेत प्रदान गरिने उनले बताइन ।बिना औषधी शरिरलाई स्वस्थ, स्र्फुत र तरोताजा राखिरहन गुणस्तरीय मेशिनद्धारा दिइने वेट लुज सेवा नेपालीहरुका लागी बरदान सावित हन सक्ने ओ टु की श्रेया गुरुङको विश्वास छ । त्यसका अलावा यहां अक्सिजन फेसियलका साथै म्याजिक पट, अरोमा फेसियल लगायत हेयर, मेकअप, मेनिक्योर र पेडिक्योरका सेवा प्रदान गरिदै आएको छ ।
साथै छोटो समयमै तौल घटाउने मात्र नभइ शारिरीक बनावटलार्इ आकर्षक सेपमा ल्याउन प्रयोग गरिने गरिने यो प्रबिधि निक्कै गुणस्तरीय र परिणाममुखी सावित भएको सेवाग्राही बताउंछन् । गुणस्तरिय सेवाका साथै ओ टु फेसियल वक्र्स एण्ड बडी सेपिङदुवै शाखामा उच्चस्तरीय ब्राण्डका सौन्दर्य प्रसाधन पनि बिक्रीका लागी राखिएका छन् ।