काठमाडौं,८ पुस । भारतकी चर्चित डिजे सिवानी ओबरायले भोलि साँझ काठमाडौंमा आफ्नो ‘डिजेइङ’ मार्फत यहाँका संगीतप्रेमीलाई नचाउने भएकी छन् । नयाँ दिल्लीबाट आफ्नो डिजे करिअर सुरु गरेकी सिवानी भारतीय अन्तर्राष्ट्रिय डिजेकी रूपमा परिचित छिन् । विशेष गरेर डिस्को जाने युवापुस्तामा उनको क्रेज बढी देखिएको छ ।
इसाई समुदायको मुख्य पर्व क्रिसमसको अवसर पारेर बेटर ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले काठमाडौंको अन्नपूर्ण होटलमा आइतबार बेलुका ८ बजेबाट सुरु गर्न लागेको ‘क्रिसमस फेसन सो तथा डिजे पार्टी’मा सिवानी प्रस्तुत हुन लागेकी हुन् ।कार्यक्रमका लागि उनी शनिबार काठमाडौं आउने बेटर ग्यालेक्सी इभेन्ट्सका अध्यक्ष धीरज तण्डुकारले जानकारी गराएका छन् । कार्यक्रममा फेसन सो सकिएपछि बेलुका १० बजेपछिबाट डिजे पार्टी हुने पनि धीरजले बताए ।