श्रीदेवीको ‘दुर्घटनावस डुबेर’ मृत्यु : दुबई सरकार

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

दुबई , १४ फागुन ।बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले आज जानकारी गराएको छ ।
“दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएकोे छ, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टमा भनिएको छ ।
दुबई प्रहरीले ट्वीटरमार्फत् दिएको जानकारी अनुसार मृतक भारतीय नायिका श्रीदेवीको मुद्दालाई अब दुबईको सरकारी फौजदारी अदालतमा सारिएको छ । उक्त अदालतले यसपछिका कानूनी प्रक्रिया पूरा गरी मृत शरीरलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिने छ । भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका ५४ बर्षीय श्रीदेवीका शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र भएको थियो ।