द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पुर्पक्षका लागि थुनामा

arjun Entertainment/मनोरञ्जन , ७ वर्ष अगाडि

काठमाडौं,२० फागुन । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका खड्गीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले  खड्गीलाई जेल चलान गर्न आदेश दिएको हो ।उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।निर्दैशक खड्गीले १२ जनाको टोली लिएर कोरिया गएका थिए ।