काठमाण्डौ । सन् २००७ मा डिज्नी च्यानलको टेलिभिजन शृंखला खेल्दा सेलेना गोमेजको उमेर केवल १४ वर्ष थियो । यस शृंखलाले उनलाई विश्वव्यापी चर्चा दिलायो । २५ वर्षको उमेरसम्म आइपुग्दा उनी विश्वचर्चित गायिका तथा अभिनेत्रीका रूपमा प्रख्यात छिन् ।
उनको स्मार्ट, प्रतिभाशाली र चार्मिङ व्यक्तित्वले धेरैलाई प्रभावित गर्ने गरेको छ । तर, सेलेनाको व्यक्तित्व सजिलै बनेको होइन । उनका फिटनेस प्रशिक्षक अमी रोसोफ डेविसले उनलाई फिट र सुन्दर देखाउनका लागि ठूलो कसरत गर्ने गरेका छन् । सेलेना पनि कडा अनुशासनमा बस्छिन् ।