सभामुख महरा हाँस्यकलाकार मदनकृष्णलाई सान्त्वना दिन घरमै पुगे

arjun Entertainment/मनोरञ्जन , ८ वर्ष अगाडि

 

काठमाडौं,२२ चैत ।सभामुख कृष्णबहादुर महराले पत्नी वियोगको पीडामा रहनु भएका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई उहाँकै घरमा पुगेर सान्त्वना दिनु भएको छन्। श्रेष्ठको निवास सुनाकोठी पुगेर सभामुख महराले मदनकृष्णलगायत परिवारजनलाई समवेदना व्यक्त गर्नु भयो।

नजिकको प्रियजन गुमाउनु जीवनकै सबैभन्दा दुखद क्षण हुने भन्दै सभामुख महराले प्रकृतिको नियमलाई कसैगरी टार्न नसकिने र धैर्यतापूर्वक सहनुको विकल्प नभएको बताउनु भयो। श्रेष्ठले आफूलाई दुःख परेको बेला घरमै आएर सान्त्वना दिँदा आफ्नो आत्मबल बढेको बताउनु भयो।