जोधपुर, भारत, २४ चैत ।बलिउडका चर्चित अभिनेता सलमान खान जमानतमा रिहा हुनु भएकाे छ ।जोधपुरकाे एक अदालतले चर्चित भारतीय अभिनेता खानलाई जमानतमा रिहा गर्न अनुमति दिएको उहाँका वकीलले बताउनुभएको छ । अदालतकाे अादेश लगतै उहाँ रिहा भएर अाफनाे गृहनगर पुग्नु भएकाे छ ।
दुर्इ दिन अघि भारतको एक अदालतले सन् १९९८ मा दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर पाँच वर्षको जेलसजाय सुनाएको थियो भने १० हजार रुपैयाँ जरिवाना गराएको थियो । (एएफ्पी)

