काठमाण्डौ, ३ वैशाख । भूकम्पले थलिएको लाप्राकमा एक म्युजिक भिडियोको छायाङ्कन भएको छ । गुरुङ फिल्मकी चर्चित नायिका अनुता गुरुङ र नव कलाकार सुमन गुरुङले सो म्युजिक भिडियोमा अभिनय गरेका हुन् ।
मानबहादुर बराल मगरको ‘साईला दाईको रुपैमा फसियो ’ बोलको गितमा आभा मुकारुङले स्वर दिएकी छिन् । म्युजिक भिडियोको निर्देशन प्रितम गुरुङले गरेका थिए ।५ दिनको छायांकन सकिएपछि अहिले इडिटिङको काम भैरहेको बताईएको छ ।

