काठमाडौं । एकताकाको चर्चित जोडी दिलीप रायमाझी र निरुता सिंह लामाे समय पछि एकै फिल्ममा देखिँदैछन् । यी दुई नायक, नायीका चलचित्र नाइ नभन्नु ल–५ मा एकसाथ देखिन लागेका हुन् ।
दिलीप र निरुताको जोडी एक ताका निकै जम्यो । दर्पण छायाँ, लहना, आफ्नो घर आफ्नो मान्छे, आफ्न मान्छे लगयात दर्जन बढी चलचित्रमा यो जोडीलाई दर्शक निकै रुचाए । त्यो समयमा दिपीप र निरुताको अभिनय रहेका प्रायः चलचित्र सुपरहिट बन्थ्ये । तुलसी घिमिरेद्वारा निर्मित चलचित्र दक्षिणाबाट नेपाली चलचित्रमा प्रवेश गरेकी निरुता लामो समयसम्म चलचित्रको पर्दाबाट टाढा रहेकी थिइन् ।
हालै राजधानीमा सम्पन्न एनएफडिसी अवार्ड कार्यक्रमा सहमागी हुन नेपाल आएकी निरुतालाई नाइ नभन्नु ल–५ टोलीले अफर गरेपछि उनको नेपाली चलचित्रमा पुनरागमनले प्रवेश पाएको हो । त्यसो त उनले राम्रो रोल पाएमा चाँडै नेपाली चलचित्रमा पुनरागमन गर्ने बताउँदै आएकी थिइन् ।अर्का अभिनेता दिलीप रायमाझी भने फाट्टफुट्ट नेपाली चलचित्रमा देखिँदै आएका छन् ।

