एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री प्रियांका चोपडा पछिल्लो समय आफुभन्दा झन्डै १० बर्ष कान्छो अमेरिकी गायक निक जोनास सँग प्रेम परेकी छिन । साथै उनीहरुले पुरै जुलाई महिनालाई डेटिडको रुपमा सदुपयोग गरेको समेत खबरहरु सार्वजनिक भएका छन । यद्यपी यस बारेमा दुबै जनाले कुनै प्रतिक्रिया जनाए पनि प्रियंका निकको नवौ गर्डफ्रेन्ड भएको भने साचो ठहरिएकाे छ । अमेरिकी वेइब साइट यूएस वीकलीमा छापिएको आर्टिकल अनुसार गायक निकले प्रियंका भन्दा अगाडी आठ जना गर्डफ्रेन्ड सँग रोमान्स गरिसकेका छन । ती केहीहरु मध्ये एक जना निक भन्दा ८ र अर्की १४ बर्षले जेठी रहेका थिए ।

