मेलिना बनिन् मुस्ताङ सुन्दरी

Bhim Thapa Entertainment/मनोरञ्जन , ६ वर्ष अगाडि

जाेमसाेम,९ असाेज । मुस्ताङ सुन्दरी प्रतियोगिताको उपाधि मेलिना थकालीले जितेकी छन्। थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको जोमसोममा गरेको मुस्ताङ सुन्दरी २०७६ प्रतियोगिता अन्तर्गत मंगलबार भएको ग्रान्ड फिनालीमा चार प्रतिस्पर्धीलाई उछिन्दै घरपझोङ गाउँपालिका ३ स्याङकी मेलिना मुस्ताङ सुन्दरी घोषित भएकी हुन्।

आइतबार र सोमबार भएको मुस्ताङ सुन्दरी अडिसनको प्रस्तुति मूल्यांकन गर्दै उनलाई निर्णायकहरू अंकिता शेरचन र टशी गुरुङले मुस्ताङ सुन्दरी घोषणा गरेका हुन्। मुस्ताङको थाकखोलामा अवस्थित कुल ८ वटा गाउँका युवा क्लबमा आवद्ध युवती मुस्ताङ सुन्दरी प्रतियोगितामा सहभागी जनाएका थिए।