हास्य कलाकार चम्सुरीुलाई मिर्गौला दिन ५ जना आफन्त तयार

Bhim Thapa Entertainment/मनोरञ्जन , ३ वर्ष अगाडि

काठमाडाैं ।हास्य कलाकार पल्पसा डंगोल चम्सुरीुलाई मिर्गौला दिन ५ जना आफन्त तयार भएका छन् । नेपालको कानूनले आफन्तलाई मात्र मिर्गौला दान गर्न अनुमति दिएको छ ।

सोही अनुसार हाल उनलाई मिर्गौला दान गर्नकालागि ५ जना आफन्त इच्छुक रहेको बताइएको छ ।यदि म्याच भएमा डंगोलको छिट्टै नै नेपामा नै मिर्गौला प्रत्यारोपण हुनेछ ।

टेलिसिरियल ‘मेरीबास्सै’ मा ‘चम्सुरी’ पात्रबाट चर्चामा आएकी कलाकार डंगोल दुवै मिर्गौला फेल भएर अस्पतालमा उपचाररत छिन् ।उनका दुवै मिर्गौलाले काम गर्न छोडेपछि महाराजगञ्ज अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

 पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियाे । कलाकार डंगोलले आफुलाई अन्य सहयोग भन्दा पनि यतिबेला मिर्गौलाको नै आवश्यकता रहेको बताएकी छन् ।