कमलामाईको समृद्दिको सारथी बन्ने कसरतमा देबकोटा

Dipak Pudasaini प्रदेश , प्रवास , समाचार , १२ घण्टा अगाडि

सिन्धुली, कमलामाई नगरपालिकामा मात्रै होइन अहिले सिन्धुली जिल्लाभरी नै एउटा नाम चर्चाको शिखरमा छ, त्यो हो एल पि देबकोटा । कमलामाइ नगरपालिकाका स्थाई बासिन्दा देबकोटाले बिपि राजमार्ग निर्माणकाल देखिनै सिन्धुलीको बिकासमा अतुलनिय योगदान गरिरहेका छन । केहि समय बैदेशिक रोजगारीमा कार्यरत रहँदा बिश्वस्तरिय अन्तराष्टिय कम्पनिमा काम तथा तालिमको अनुभब समेत बटुलेका देबकोटा पार्टी गठन भए देखी नै रास्वपाको सँगठन निर्माण,सुध्रिढीकरणमा निरन्तर सक्रिय रहँदै नागरिकको समस्या नजिकबाट नियालि रहेका छन ।
यि नै देबकोटाले ‘समृद्द कमलामाई हाम्रो साझा सपना’ नारा सहित ५ बुँदे प्रतिबद्दता लिएर आगामी स्थानिय निर्बाचनमा नगरको नेतृत्व गर्ने तयारी स्वरुप रास्वपाको क्याण्डिडेड क्ल्बमा आफनो नाम दर्ता गरिसकेका छन ।


देबकोटाका ५ प्रतिबद्दतामा कमलामाई नगरपालिकामा गुणस्तरिय शिक्षा र सर्ब सुलभ स्वास्थ सेवा उपलब्ध गराउने, सडक,खानेपानी, सरसफाइ र आभारभुत पुर्बाधारको बिस्तार गर्ने, कृषी, पर्यटन र स्थानिय ब्यबसायको प्रबर्धन गर्ने, युवाका लागी रोजगारी उधमशिलताकोको ब्यबस्था गर्ने तथा नागरिकलाइ सर्ब सुलभ, सरल तथा छिटो सेवा प्रबाह गर्ने लगायतका प्रतिबद्दता सार्बजनिक गरेका छन ।
स्वास्थ शिक्षा र हवाइ क्षेत्रमा लामो समयको कार्य अनुभब बटुलेका देबकोटा दर्जन भन्दा बढी सँघ सँस्थामा आबद्द छन । २०८० मा रास्वपा कमलामाइ नगर समिति सभापति भएका देबकोटा २०८१ देखी सिन्धुली जिल्ला सचिबका रुपमा जनसेवामा क्रियाशिल छन ।