वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यजाँचमा हुने सिन्डिकेट बिरुद्ध उत्रियो ‘नेमो’

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्वास्थ्य , २ महिना अगाडि

काठमाडौँ ११ पौष । नेपाल मेडिकल व्यवसायी संघ (नेमो) ले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य जाँचमा भैरहेको सिन्डिकेट प्रणलीको अन्त्य गर्न माग गरेको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमोका अध्यक्ष तारानाथ अर्यालले स्वास्थ्यपरीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न सरकारसँग माग गरेका हुन । पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्ण प्रसाद बजगाईंले मलेशियाको सिन्डिकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत बेवास्ता गरेको बताए।

नेमोका बरिष्ठ उपाध्यक्ष कला दहालले स्वागत गरेको पत्रकार सम्मेलनमा महा सचिब भण्डारीले देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिन्डिकेट देखिएको बताउँए । मलेशियामा मरिसकेको सिन्डिकेट कुनैपनि बहानामा पुन जन्मन नहुने बताउँदै भण्डारीले दुई अर्बभन्दा बढी लगानी तथा दुई हजारभन्दा बढी प्राविधिक कर्मचारी संलग्न र करिब १० हजार व्यक्ति आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा सिमित ब्यक्तिले तहसनहस बनाउन खोजेको बताए।

उनले गुणस्तरीय सेवाको सुनिश्चितताका लागि प्रणालीमा सुधार गर्नुपर्ने बताए। उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि गरे।

उनले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थामा एकरूपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा स्वास्थ्य संस्थामा लागू गर्नुपर्ने माग राखे।

संघले सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंगले निर्धारण गरी एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ। संघले केही व्यवसायीले मलेशियामा सिन्डिकेट लादेको बताउँदै अन्त्य गर्नुपर्ने माग गरे।

हाल श्रम मन्त्रालय अन्तर्गत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ्य परीक्षण गराउँदै आएकामध्ये ३६ वटा संस्थाले मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् भने गाम्काका नाममा खाडीजाने श्रमिको १९ सँस्थाले स्वास्थ परिक्षण गरिरहेका छन ।