काठमाण्डौ, ५ माघ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगर पालिकाको वडा नँ ६ मा बिपद् ब्यबस्थापन पार्क तथा रेडक्रस भबन बनाउने घोषणा गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको २१औ उपशाखा सभा तथा कागेश्वरी मनोहरा रेडक्रस स्मारिका २०८१ को बिमोचन समारोहमा उक्त घोषण गर्नु भएको हो ।

रेडक्रस बिपद्को साथि हो यसलाई हामिलेनै सघाउनु पर्छ भन्दै नगर प्रमुख कार्कीले यसबर्ष रेडक्रसलाइ ५ लाख अनुदान दिने घोषणा समेत गर्नुभयो ।

नगर भित्र के के काम गर्नुपर्छ योजना बनाएर आउनुस हामि रेडक्रसको खातामा ५ लाख रुपयाँ जम्मा गरिदिन्छौ उहाँले भन्नु भयो ।

कार्यक्रमलाइ सँबोधन गर्दै नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले कागेश्वरी मनोहरा उपशाखाको क्रियासिलताको प्रशँसा गर्दै कुनैपनि बिपद्का घटनामा जिल्ला लाई सँम्झनुहोस हामी हर तरहले सहयोग गर्न तत्पर छौ सभापती डोटेलले भन्नु भयो ।

उपशाखाका सभापती बासुदेब पौडेलको अध्यक्षतामा आज कागेश्वरी मनोहरा वडा नं ३ स्थित मनास्लु वल्र्डस्कुलमा भएको कार्यक्रममा कुन्ति फाउण्डेसनका अध्यक्ष कुन्तिदेबी पोखरेल, नगरका बिभिन्न वडाका अध्यक्षहरु, बिभिन्न बिधालयका प्रधानअध्यापक तथा प्रतिनिधी, जुरेसो,युरेसोका प्रतिनिधीहरु, रेडक्रसका आजिबन सदस्यहरु, रक्तदात तथा स्वयँसेबीाहरु रक्तदान लगायतका कार्यक्रमका सहयोगी सँघसँस्थाहरु लगायतका ब्यक्तित्वहरुका उपस्थिती थियो ।
