फोटो पत्रकारलाई प्राथमिक उपचार तालिम दिईयो

Dipak Pudasaini Education , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्वास्थ्य , ३ घण्टा अगाडि

काठमाण्डौ, २४ जेठ । समाचार सँकलन र प्रसारणका लागी कार्यस्थलमा खटिने पत्रकारलाई २ दिने प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । सँम्पादक समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाको प्रबिधिक सहयोगमा उक्त तालिम प्रदान गरिएको हो ।

जेठ २३ र २४ गते सन्चालन भएको तालिम समापन समारोहलाई सँबोधन गर्दै समाजका उपाध्यक्ष एबं कार्यक्रमका सभापति जुनारबाबु बस्नेतले बिश्वकै जोखिमपुर्ण पेशा मध्धेको पहिले पेशा फोटो पत्रकारिता हो भन्दै कार्यस्थलमा खटिने हरेक फोटोपत्रकारलाई जोखिम र प्राथमिक उपचार सँम्बन्धी न्यूनतम् तालिम दिनुपर्ने बताउनु भयो ।


देख्दा सामान्य लागेपनि प्राथमिक उपचार जीवन बचाउने कोशेढुंगा हो भन्दै शिबपुरी गाउँपालिकाका प्रमुख गोबिन्द थपलियाले फोटो पत्रकारिता जस्तो जाखिमपुर्ण पेशामा लाग्ने सबैको लागी यो तालिम अनिबार्य रहेको बताउनू भयो ।


पत्रकार, समाजसेबी तथा राजनितिमा सक्रिय रहेकाहरुलाई समेत प्राथमिक उपचारको आबश्यकता औल्याउँदै शिबपुरी गाउँपालिकाका प्रबक्ता एबँ वडा नँ ४ का अध्यक्ष चन्द्र गुरुड.ले पालिकाहरुले नितिगत ब्यबस्थानै गरेर प्राथमिक उपचारकको सँख्या बढाउनू पर्नेमा जोड दिनु भयो ।


समाजका महासचिब एबँ नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ जिल्ला शाखाका सभापति श्याम डोटेलले हरेक फोटो पत्रकारले प्राथमिक उपचार तालिम लिनुपर्ने कारण बताउँदै कार्यस्थलमा सहकर्मी घाइते भएमा सँगै रहेका अर्का साथिले प्राथमिक उपचार दिन सक्ने र धेरैलाइ अंगभंग हुनबाट बचाउन सकिने धारणा राख्नु भयो । फोटो पत्रकारको लागी प्राथमिक उपचार सँम्बन्धी यो पहिलो तालिम भएको भन्दै सभापती डोटेलले यो तालिमले घर, परिवार, समाज र कार्यस्थमा कार्यरत सहकर्मीको पनि जीवन बचाउन उपयोगी हुने जानकारी गराउनू भयो ।


गत जेन जेड आन्दोलनमा गोली लागी घाइते भएका पत्रकार शम्भू दँगालले उक्तदिन कोहि आफ्ना सहकर्मीले प्राथमिक उपचारको तालिम लिएको भए आफ्नो त्यत्रो धेरै रगत नबग्ने रहेछ भन्दै यो तालिमबाट ब्यबहारीक ज्ञान पाएकोमा खुसि ब्यक्त गर्नु भयो ।
हामि फिल्डमै खटिनु पर्छ, हामि र हाम्रा सहकर्मी साथिहरु घाइते भइरहन्छन भन्दै अर्का सहभागी पत्रकार लेख बहादुर श्रेष्टले आफु र आफ्ना सहकर्मी बचाउन यो तालिम उपयोगी र अनिबार्य रहेको बताउनू भयो ।
प्राथमिक उपचार तालिम गोबिन्द बियोगी पत्रकारिता अध्यन केन्द्र शिबुपुरी ७ सुइरेचौर नुवाकोटमा सँम्पन्न भएको थियो ।