काठमाडौमा डेङ्गी संक्रमण नियन्त्रण गर्न रेडक्रसको सचेतना अभियान

Dipak Pudasaini News/समाचार , प्रदेश , स्वास्थ्य , ३९ मिनेट अगाडि

काठमाडौ, ९ भाद्र । काठमाडौमा डेङ्गी ज्वरोको संक्रमण बढ्न थालेकोले नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाले जोखिमयुक्त स्थानमा लामखुट्टेको बासस्थान ूखोज र नष्ट गरौ अभियानू आरम्भ गरेको छ ।


यसै अभियान अन्तर्गत आज काठमाडौ महानगर पालिका वडा न १६ र १७ तथा गोकर्णेश्वर नगरपालिकाको वडा न ८ मा रहेका गाडी वर्कसप, फलफूल पसल, कवाडी गोदाममा रहेका स्थानमा जनचेतना जगाउने उद्देश्यले सचेतना अभियान सम्पन्न गरेको छ ।

यस अभियानमा रेडक्रस उपशाखाका स्वयंसेवक, युवा रेडक्रस सर्कल, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागीता रहेको थियो ।


नेपालमा साउनदेखी असोजसम्मलाइ डेङ्गी लामखुट्टे वृद्धि हुने समयका रुपमा लिने गरिएको छ । डेङ्गि लामखुट्टेको टोकाइबाट हुने संक्रमणले महामारीको रुप लिन नसकोस भन्ने उद्देश्यले रेडक्रस सोसाइटीले सचेतना अभियानलाई निरन्तरता दिने भएको छ ।