दक्षिण अफ्रिकाको गुनासो ‐ प्रसंसाको सट्टा दण्डित गरियो

Lok Bhatta Banner Headline with Image , Latest Update , News/समाचार , Uncategorised , प्रवास , स्वास्थ्य , ३ वर्ष अगाडि


काठमाण्डौ, १२ मँसिर । दक्षिण अफ्रिकाले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लगाएका कारण आफूलाई प्रशंसा गर्नुको साटो दण्डित गरिएको गुनासो गरेको छ । विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो ।
प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरिअन्टलाई भेरिअन्ट अफ कन्सर्न का रूपमा वर्गीकरण गरेको थियो ।
कोभिड ‐ १९ को यो नयाँ भेरिअन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ ।
ओमिक्रोन भेरिअन्ट पुष्टि भएको इजरेलले आइतवार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । टाइम्स अफ इजरेलका अनुसार यो प्रावधान १४ दिनसम्म लागु हुनेछ ।
ओमिक्रोन भेरिअन्ट बोत्स्वाना र हङ्कङ पनि पाइएको छ ।
दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेका सयौँ यात्रुहरूको परीक्षण गरिराखिएको छ ।
वायुसेवा कम्पनी केएलएमका दुईवटा उडानमा झन्डै ६१ जना यात्र्हरूमा कोभिड पुष्टि भएको छ र उनीहरूलाई आम्स्टर्डामको शिपल विमानस्थलनजिकै एउटा होटलमा क्वारन्टीनमा राखिएको छ।
नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो ।
बीबीसी बाट