ल्याटिन अमेरिकी देश पेरुको एउटा भूमिगत चिहानबाट १२०० वर्ष पुरानो रहस्यमयी मुर्दा फेला परेको छ । यस मुर्दाको पूरै शरीर डोरीले बाँधिएको छ र अनुहार हातले छोपिएको छ । यो मुर्दा महिला हो कि पुरुष भन्ने खुलाइएको छैन । यो काजामारक्विला
पुरातात्विक स्थलबाट उत्खनन गरिएको छ । यो स्थान राजधानी लिमाबाट केही किलोमिटर टाढा छ ।
अनुसन्धानकर्ताहरूको टोलीले यो मुर्दा १२०० देखि ८०० वर्ष पुरानो र इन्का सभ्यतापूर्व रहेको बताएको छ । यो सभ्यता पेरुको तट र पहाडहरूमा विकसित भएको थियो । क्यालिफोर्निया स्टेट युनिभर्सिटी सान मार्कोसका पुरातत्वविद् पिटर भान डलेन लुनाले काजामारक्विला पुरातात्विक स्थलमा उत्खननको नेतृत्व गरिरहेका छन ्। यस मुर्दाको मुख्य विशेषता भनेको यसको पुरै शरीर डोरीले बाँधिएको छ र अनुहार हातले छोपिएको छ ।
पिटर भान भन्छन् कि यो शव बाँध्नु स्थानीय अन्त्येष्टि संस्कारको एक हिस्सा हुन सक्छ । उनीहरूले भने कि यो ममीफाइड व्यक्ति इन्का सभ्यताको उदय हुनुभन्दा ६०० देखि २०० वर्षअघि आधुनिक पेरु भएको एन्डियन क्षेत्रमा बसेको हुन सक्छ । “रेडियोकार्बन डेटिङले थप सटीक जानकारी प्रदान गर्न सक्छ, वानले भने। यस भूमिगत चिहान भित्र अन्त्येष्टिसँग सम्बन्धित अन्य चीजहरू पनि बरामद गरिएको छ ।
ढुङ्गाका औजार, सिरेमिक भाँडाकुँडा पनि फेला परेको पुरातत्वविद्ले भने, जसभित्र तरकारीका अवशेष पनि फेला परेका छन् । यो क्षेत्र धेरै जातजातिको हुनसक्ने यो टोलीले जनाएको छ । पेरुमा हजारौं पुरातात्विक स्थानहरू छन् जुन इन्का सभ्यता अघि र पछि विकसित भयो । एक समयमा, इन्का बस्तीहरू दक्षिण अमेरिकामा सबैभन्दा ठूलो थिए । यी मानिसहरू इक्वेडर, कोलम्बिया, मध्य चिली र पेरुमा भेटिएका थिए । स्पेनी आक्रमणकारीहरूले आक्रमण गरेपछि इन्का सभ्यताको पतन भएको थियो ।