भारतलाई १ सय ८० रनको विशाल अन्तरले पराजित गर्दै पाकिस्तानले जित्यो आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । पाकिस्तानले भारतलाई १ सय ८० रनको विशाल अन्तरले पराजित गरेको हो । समूह चरणमा भारतसँग १ सय २४ रनको नमिठो हारको बदला पाकिस्तानले फाइनलमा उपाधि जित्दै लिएको छ । ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमा अल आउट भयो ।
लण्डनको ओभलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा आफ्नो ४ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । शेखर धवन , युवराज सिंह, हार्दिक पाङ्डया र रविन्द्र जडेजाले दोहोरो अंक जोडे पनि त्यो प्रयाप्त भएन । पाकिस्तानको कसिलो बलिङ सामु भारत निरिह बन्यो।
पहिले व्याटिङ गरेको पाकिस्तानले अजर अलि र फखर जमानले पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । जमानले १ सय १४ रन बनाएको इनिङ्समा अलिले ५९ रन बनाए । यस्तै मोहमद हाफिजले उत्कृष्ट व्याटिङ गर्दै ३४ वलमा अर्धसतक पुरा गरे । बाबर अजम ४६ र सोयब मल्लिक १२ रनमा आउट भए ।
सन् २००७ को ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटपछि भारत र पाकिस्तान कुनै पनि फाइनलमा भिडेको लागेको यो पहिलोपटक हो । अहिलेसम्म च्याम्पियन्स ट्रफीको उपाधी चुम्न नपाएको पाकिस्तानले पहिलो उपाधि जितेको छ ।