नेपालद्वारा अष्ट्रेलिया पराजित

Bhim Thapa Latest Update , Sports/खेलकुद , १ महिना अगाडि

काठमाडाैं । नेपालले हङकङ सिक्सेसको दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ ओभरमा पाँच विकेट गुमाएर १ सय रन मात्र बनाउँदा नेपाल ११ रनले बिजयी भएको हो ।

खेलमा नेपालका क्याप्टेन सन्दिप जोराले ५१ रन बनाउँदा लोकेश बमले ३३ रन बनाए । त्यसैगरी विवेक यादव र रसिद खानले समान १२ रन बनाए ।

म्यान अफ द म्याच प्रतिश जिसीले २ ओभरमा २४ रन दिएर तीन विकेट लिन सफल भएका थिए । यो जीतसँग नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।यसअघि हिजो भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई पराजित गरेका थियो ।