घरमै बसीबसी स्मार्टफोनदेखि सुनसम्मका बजार भाउ थाहा पाउन चाहनु हुन्छ ?

PriceNepal.com मा हुनेछन् स्मार्टफोनदेखि दैनिक उपभोग्य वस्तुसम्मको मूल्यसूची

Bhim Thapa Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , ३ दिन अगाडि

काठमाडौं । नेपाली बजारमा दैनिक उपभोग्य वस्तुदेखि स्मार्टफोनसम्मको मूल्य थाहा पाउन उपभोक्तालाई सहज बनाउने उद्देश्यले सञ्चालनमा आएको Pricenepal.com अहिले धेरैको रोजाइ बन्दै गएको छ। बजारमा एउटै सामान फरक–फरक मूल्यमा बिक्री भइरहेका बेला यसले उपभोक्तालाई सहज बनाएको छ ।

विशेषगरी नयाँ स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरूका लागि उपयोगी माध्यम बन्न थालेको छ। नेपालमा एउटै मोबाइल मोडल पसलअनुसार फरक मूल्यमा पाइने, ‘ग्रे’ मार्केटका फोन बिक्री हुने तथा ग्राहकहरू भ्रममा पर्ने समस्या बढिरहेका बेला यस वेबसाइटले वास्तविक बजार मूल्य तुलना गर्न सहयोग गरिरहेको कम्पनीले जनाएको छ।

बजारमा आकर्षक अफर र सस्तो मूल्यको लोभमा धेरै उपभोक्ता वारेन्टीबिनाका फोन किन्न बाध्य हुने गरेका छन्। यस्ता फोनमा समस्या आएपछि मर्मत तथा सेवा लिन कठिन हुने भएकाले आधिकारिक वारेन्टीसहितको मोबाइल खरिद गर्न विज्ञहरूले सुझाव दिने गरेका छन्। वेबसाइटमा विभिन्न ब्रान्डका स्मार्टफोनको अद्यावधिक मूल्य, स्पेसिफिकेसन र बजार तुलना हेर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, उपभोक्ताले कुनै पनि सामान किन्नुअघि विभिन्न पसलको मूल्य तुलना गरेर वास्तविक बजार भाउ बुझ्न सक्ने सुविधा पनि उपलब्ध रहेको बताइएको छ। यसबाट ग्राहकलाई अनावश्यक रूपमा बढी मूल्य तिर्नुपर्ने अवस्थाबाट बच्न मद्दत पुग्ने विश्वास गरिएको छ।

यो वेबसाइटले केवल स्मार्टफोन मात्र होइन, दैनिक आवश्यकताका विभिन्न सामग्रीहरूको मूल्यसूची पनि उपलब्ध गराउँदै आएको छ। उपभोक्ताले घरमै बसेर सही मूल्य जानकारी पाउन सकून् भन्ने यो पोर्टलको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

प्रविधि तथा डिजिटल बजार विस्तारसँगै नेपाली उपभोक्ताहरू पनि अहिले सचेत बन्दै गएका छन्। कुनै पनि सामान खरिद गर्नु अघि बजार अनुसन्धान गर्नु, आधिकारिक वारेन्टी जाँच गर्नु तथा मूल्य तुलना गर्नु बुद्धिमानी कदम मानिन्छ। यसले नेपाली उपभोक्तालाई सही जानकारी दिएर सहज र सुरक्षित किनमेलमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।