लन्डनमा फेरि अर्काे ‘आतङ्ककारी’ हमला

arjun Others/अन्य , ८ वर्ष अगाडि

लन्डन, ५ असार । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्काे आतङ्ककारी हमला भएको  छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएका  थिए  ।

त्यस व्यक्तिले पैदल सडक किनाराबाट हिँडिरहेका यात्रुमाथि भ्यान लगेर ठोकाएको र भूईमा ढलेका व्यक्तिमाथिबाटै सो भ्यान कुदाएको थियो । त्यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका लन्डन प्रहरीले सोमबार जानकारी दिएको छ ।

यस घटनालाई आतङ्ककारी हमलाको रुपमा हेरिएकोले अधिकारीहरुले अनुसन्धान सुरु गरिसकेको जनाएका छन् । भ्यान चालक ४८ बर्षीय व्यक्तिलाई सो सडकमा रहेका सर्वसाधारणले पक्राउ गरेर प्रहरीलाई बुझाइदिएको जनाएका छन् । सो घटनास्थलनजिकै एक मस्जिद छ । त्यहाँ मध्यरातदेखि नै प्रार्थना सुरु भएको थियो । सो प्रार्थनापछि घर जान बाहिर निस्केका व्यक्तिहरुलाई लक्षित गरेर यो आक्रमण भएको एक मुस्लिम नेताले जानकारी दिएका छन् । बेलायतमा यसअघि पनि मुस्लिम लक्षित आक्रमणको प्रयास भएको र यसमा पनि सोही प्रकृतिको हमला भएको ती मुस्लिम नेताले बताएका छन् ।