मोरारी बापू तपोवनमा , ओशोको निमन्त्रणामा आएको भनाई (फोटो फिचर )

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Gallery , Spiritual/अध्यात्म , ११ महिना अगाडि


काठमाडौं ।
भारतका बहु चर्चित आध्यात्मिक गुरु मोरारी बापूले ओशो तपोवनको भ्रमण गर्नु भएको छ । सुक्रबार भारतबाट आफ्नै निजि बिमान मार्फत् काठमाडौं ओर्लनुभएका मोरारी बापू एरपोर्टबाट पशुपतिनाथ जानुभएको थियो । पशुपतिनाथको दर्शन गरेर उहाँ सिधै ओशो तपोवन पुग्नुभएको थियो ।
तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुणले उहाँलाई स्वागत गर्नु भएको थियो । केही समय अगाडी लुम्बिनीमा स्वामीजी र मोरारी बापूको भेट भएको थियो । लुम्बिनीको ओशो आश्रममा रहदा स्वामी आनन्द अरुणलाई बापूले आफु तपोवनमा आउने बाचा दिनिुभएको थियो । सोही अनुरुप सुक्रबार बापू तपोवन पुग्नुभएको थियो ।
तपोवनमा भएको संत्सगमा बापूले आफु ओशोको आमन्त्रणमा नेपाल आएको रहस्य खोल्नुभएको थियो । ओशोको मुक्तकष्ठले प्रशांसा गर्नुहुने मूरारी बापूले वोधिसत्व स्वामी आनन्द अरुणललाई आफ्रनो आश्रममा भ्रमण र संत्सगको लागि निमन्त्रण समेत गर्नु भयो ।
बापू राम कथाका लागि अहिले नेपालमा हुनुहुन्छ । नौ दिवशिय रामकथा शनिबार देखि गोदावरीमा रहेको सनराईज कन्फेन्सन सेन्टरमा शुरु हुदैछ ।

तपोवनमा मुरारी बापू , हेरौ ९ तस्विर