६ करोड क्षतिपूर्ति मागेको थ्री स्टारलाई एन्फाले डेढ करोड दिने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,७ असार ।अखिल नेपाल फुटबल संघले थ्री स्टार क्लवलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । एन्फाको लापरवाहीका कारण एएफसी कपको प्लेअफ खेल्नबाट बञ्चित भएपछि थ्री स्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो ।
एन्फा, थ्री स्टार, कानुनी सल्लाहकार र राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीबिच आज भएको छलफलमा थ्री स्टार क्लवलाई क्षतिपूर्तिस्वरुप डेढ करोड रुपैयाँ दिने सहमति भएको थ्री स्टार क्लबका महासचिव सञ्जिव शिल्पकारले जानकारी दिए । तर रकम हस्तान्तरणको प्रक्रिया पूरा गर्न भने अझै दुई हप्ता लाग्ने उनले बताए ।
एन्फाका एक पदाधिकारीले थ्री स्टारलाई डेढ करोड रुपैयाँ दिने सहमती भएको पुष्टी गरेका छन् । गएको अगस्टमा मंगोलियाको इर्चिम क्लवलाई हराएर थ्री स्टार क्लव एएफसी कपको प्लेअफको लागि छनौट भएको थियो । तर डिसेम्बरमा थ्री स्टारको सहभागिताबारे एएफसीले पठाएको इमेल एन्फाले नहेर्दा थ्री स्टारले प्लेअफ खेल्न पाएको थिएन ।