इङ्ल्यान्डलाई टि ट्वान्टी श्रृखंला

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । निर्णायक खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै इङ्ल्यान्डले टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । तीन खेलको श्रृखंला इङ्ल्यान्डले २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रोमा दक्षिण अफ्रिका विजयी भएको थियो ।

दक्षिण अफ्रिकाले आइतबार टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले डाविड मालानको अर्धशतकसँगै ८ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । जवाफमा दक्षिण अफ्रिकाले ७ विकेटको नोक्सानीमा १ सय ६२ रन मात्र जोड्न सक्यो ।

दक्षिण अफ्रिकालाई लक्ष्यमा पुग्नबाट रोक्न क्रिस जोर्डनले ३, टोम कुरानले २ तथा लिम प्लुङकेट र मासोन क्रानेले समान १ विकेट लिए । दक्षिण अफ्रिकाका लागि मान्गोलासियो मोसेलले ३६, कप्तान एबि डि भिलियर्सले ३५, ओपनर जेज स्मोट्सले २९ र एन्डिले फेलुक्वायोले अविजित २७ रन बनाए । अन्य खेलाडीले दोहो दोहोरो अंकमा रन बनाउन सकेनन् । इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको चार टेस्टको श्रृखंलाको पहिलो टेस्ट जुलाई ६ मा लर्डमा सुरु हुनेछ ।