कर छलीमा दोषी पाइएका अर्जेन्टिनी स्टार मेसीले सजायको सट्टा पैसा तिर्ने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । कर छली प्रकरणमा दोषी पाइएका स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टायन स्टार लियोनल मेसीले सजायको सट्टा पैसा तिर्ने भएका छन् । गत वर्ष स्पेनको एक अदालतले मेसी उनका बुबा जोर्गेले कर छलेको ठहर गर्दै २१ महिनाको जेल सजाय र ४७ करोड रुपैयाँ जरिवाना सुनाएको थियो । स्पेनको कानुन अनुसार आपराधिक घटनामा संलग्न नभएका व्यक्ति जेल जानु नपर्ने उल्लेख छ ।
तर, पनि मेसी अहिले कैद बाहिरको नियन्त्रणमा छन् । कैदबाहिरको नियन्त्रणबाट पनि मुक्ति पाउन मेसीले २ करोड ९४ लाख रुपैया तथा उनका बाबुले २ करोड ११ लाख रुपैयाँ तिर्ने भएका छन् । बार्सिलोनासँग सन् २०२१ सम्मको सम्झौता हुने निश्चित भएलगत्तै मेसीले सजायको सट्टा पैसा तिर्ने भएका हुन् । नयाँ सम्झौताअनुसार मेसीको बाई आउट कज ३५ अर्ब ३३ करोड तोकिएको थियो । मेसीको तलब सिजनको २६दशमलव४ मिलियन पाउन्ड तथा प्रतिसाता पाँच लाख पाउन्ड पारिश्रमिक दिन बार्सिलोना राजी भएको थियो ।