काठमाण्डौ,२५ असार । बंगलादेशसंग हुने मैत्रिपुर्ण फुटबल खेलका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिएको छ । एएफसी अण्डर २३ फुटबल च्याम्पियनसिपको छनोट खेल्ने तयारीमा रहेको नेपालले आगामी मंगलबार मलेसियाको २३ बर्ष मुनिको टिमसंग घरेलु भूमिमा मैत्रिपुर्ण फुटबल खेल खेल्दैछ । मुख्य प्रशिक्षक राजुकाजी शाक्यले असार मसान्तमा युएईमा हुने एएफसी अन्डर २३ फुटबल च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टोलीको टुङ्गो लगाएका हुन् ।
विमल घर्तिमगरको कप्तानी रहने टोलीमा उपकप्तानको जिम्मेवारी अनन्त तामाङलाई दिईएको छ । चार स्ट्राईकर समावेश टोलीमा कप्तान विमलसंगै अन्जन विष्ट, सञ्जोग राई र विश्वास श्रेष्ठ छन् । त्यस्तै मिडफिल्डमा हेमन गूरुङ, हेमन्त थापा मगर, सुमन लामा, सुनिल वल, पुजन उपरकोटी, तेज तामाङ, दोर्न थापा र विवेक बस्नेत समावेश छन् । त्यस्तै डिफेन्समा उपकप्तान अनन्तसंगै लक्ष्मण जिसी, छिरिङ गूरुङ, निरज वस्नेत, अमित तामाङ, कमल श्रेष्ठ, गौरव बुढाथोकी र दिनेश राजवंशी अटाएका छन् ।