सन्दिप लामिछानेको नेतृत्वमा नेपाली क्रिकेट टोलीको घोषणा

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ असार । आईसीसी यू–१९ विश्वकप छनोट खेल्न सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली घोषणा गरिएको छ ।भारतमा पाँच अभ्यास म्याच खेलेपछि नेपाली टोलीको घोषणा गरिएको हो ।टोलीमा दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, सन्दिप सुनार, प्रकाश केसी, अनिलकुमार साह र पवन सर्राफ छन् ।त्यस्तै रोहितकुमार पौडेल, ललित नारायण राजबंशी, प्रनित थापा मगर, आदिल खान, किशोर महतो, रिजान ढकाल र शाहव आलम छन् ।सन्दिप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुसान्त सिंह थापा बैकल्पिक खेलाडीमा परेका छन् । नेपाली टोली विश्वकप छनोट खेल्न पर्सि भारतबाट सिंगापुर जाने नेपाल क्रिकेट एशोसिशन क्यानले जनाएको छ ।