यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालको सानदार जित, घरेलु मैदान मै सिंगापुर ४ विकेटले पराजित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ २ साउन।  आइसीसी यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले पहिलो खेल मै शानदार जित हात पारेको छ । आज बिहान सिंगापुर क्रिकेट क्लब, पादाङमा भएको खेलमा भएको आयोजक सिंगापुरसँगको खेलमा नेपालले ४ विकेटको शानदार जित हासिल गरेको हो । टस जितेर पहिले फिल्डिङ्ग रोजेको नेपालसामू आयोजक सिंगापुरले ७४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले सो लक्ष्य १७ ओभर ३ बल मै ६ वीकेट गुमाएर पुरा ग¥यो । आयोजक टोली सिंगापुरले २९ ओभर मा सबै वीकेट गुमाएर जम्मा ७३ रन बनाएको थियो । नेपालका लागि प्रणित थापाले सर्वाधिक २३ रनको योगदान दिए । २६ बल सामना गरेका उनले ४ चौका प्रहार गरेको थिए । त्यस्तै अनिल शाहले १९ रन बनाए भने रोहित कुमारले नट आउट ११ रन जोडे ७ रन अतिरिक्त पाएको नेपालका लागि अन्य ब्याट्सम्यानहरुले भने दोहोरो अङ्कमा रन बनाउन सकेन् ।

सन्दिप सुनार १ रनमै क्याच आउट भए भने आशिफ शैख ४ रन, दिपेन्द्र सिंह ऐरी २ रन, प्रकाश केसी ६ रन र पवन सराफले नट आउट ४ रन बनाए । बलिङ्गतर्फ नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले एक्लै ५ बीकेट लिएका थिए । नेपालका लागि कप्तान सन्दिप लामिछानेले मात्र ५ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै मात्र २१ रन दिएका थिए । शाहब आलमले २ र महतोले २ विकेट लिएका थिए । यो जितसँगै नेपालले सुखद शुरुवात गरेको छ ।