सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,२ साउन । सन् २०१८ मा रुसको राजधानी मास्कोमा आयोजना हुने सडक बालबालिकाको विश्व कप फुटबलमा नेपालले पनि भाग लिने भएको छ । सडक बालबालिकाको विश्व कप मे १९ देखि २७ तारिखसम्म चल्नेछ ।फिफा विश्व कप अघि आयोजना हुने यस विश्व कपमा सेल्टर आश्रय नेपालमार्फत नेपालले सहभागिता जनाउन लागेको हो । विश्वकपमा नेपाल सहित विभिन्न २२ देशका २४ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले बताईन । जसमा १२ छात्र र १२ छात्रा टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपालले छात्र टिममा भाग लिनेछ । ‘स्ट्रिट चाइल्ड युनाइटेड’ ले फिफाको सहयोगमा सडक तथा असहाय बालबालिकाको लागि विश्व कप आयोजना गर्न लागेको हो ।
विश्व कपमा सहभागिताको लागि सेल्टर आश्रय नेपालले आफ्नो संस्थामा रहेका बालबालिका र अन्य सडक तथा असहाय बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थासँग आवद्ध बालबालिकाबीच लिग फुटबल सञ्चालन गर्न लागेको छ ।लिगमा खेलाडीले गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरी विश्व कपका लागि नेपालको टिम बनाईने आयोजकले जनाएको छ । हाल सेल्टर आश्रय नेपालमा रहेका खेलाडीले फुटबल खेलको तयारी समेत गरिरहेका छन् ।