काठमाण्डौ,८ साउन । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले गर्दैछ।न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदा प्रसाद घिमिरे र अनिलकुमार सिन्हासहितको बृहद् पूर्ण इजलासले सुनुवाई हुने छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले कर फर्छ्यौट आयोग अर्ध न्यायिक वा प्रशासनिक निकाय भएको यकिन तथा आयोगका काम कारबाही अख्तियारको क्षेत्रधिकार भएरनभएकोमा संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश दिएको थियो। शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

