कमला र सञ्जुद्वारा राष्ट्रिय कीर्तिमान

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ, १० साउन । कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एशियन युथ तथा जुनियर च्याम्पियनसिप २०१७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधाअन्तर्गत स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुलमा १५२ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् ।

उनले सातौँ राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुल १४५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । श्रेष्ठले यसअघि भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् ।

sanju

यस्तै, सञ्जु चौधरीले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन् । उनले ग्रुप ‘बी’को ५३ केजी तौलको स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल १४० केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । देवी चौधरीले साताँै राष्ट्रिय खेलकुदमा राखेको कीर्तिमानलाई भङ्ग गर्दै सञ्जुले राष्ट्रिय कीर्तिमानमा आफ्नो नाम लेखाएकी हुन् । आज भएको खेलमा अन्य नेपाली खेलाडीले आफ्नो खेलमा सुधार गर्न सफल भएको प्रशिक्षक जगदीश प्रधानले जानकारी दिए ।